४२ दिनसम्म सास्ती खेपेका चौकुनेका जनता हिड्ने सडक सात दिनमा बन्ला ?

जनतालाइ सहज यातायातका लागि विद्रोह गरेको चौकुने सहमतिमा चुकेकै हाे त

सुर्खेत । करिव ४२ दिनसम्म चौकुने गाउँपालिकाको केन्द्र गुटु, बिजौरा, वेतानहुँदै लगामसम्म यात्रुबाहक सवारी नपुग्दा ति क्षेत्रका नागरिकहरुले कति समस्या भोगे यो प्रश्नको लेखाजोखा कसैसँग छैन् । यतिका दिनसम्म चौकुनेका नागरिकहरुले सास्ती मात्रै खेपेनन् लगामदेखि वीरेन्द्रनगर र वीरेन्द्रनगरदेखि गुटु वा त्योभन्दा अगाडीसम्म पुग्न आर्थिक क्षतीसमेत भोग्नु प¥यो ।



तर यी क्षेत्रका नागरिकहरु पैदल यात्रामा ज्यान थकित पार्नुभन्दा चर्को मूल्यमा गाडी चढ्नकै लागि पञ्चपुरीको विद्यापुरसम्म जोखिमको यात्रा गरे । शुरुवातमा सडक राम्रो नभएपछि चौकुने गाउँपालिकाको सिंगो टिम सडक सुधारमै केन्द्रीत रह्यो ।

मुख्यगरी पञ्चपुरी र चौकुनेको सिमानामा पर्ने गुटु खोलामा समस्या देखिएपछि गाउँपालिका टिमसहितको टोली सहज सडक मार्ग बनाउन गुटु खोलामै खटियो । खोलाको आवागन सहज बनाएपछि गाडी चलाइदिन पालिकाले सुर्खेतस्थित यातायात व्यवसायीहरुलाई आग्रह ग¥यो ।

तर यातायात व्यवसायीहरुले पालिकाको अनुरोधलाई टेरेनन् । उनीहरुले तल्लो विद्यापुरमा बाटो सहज नभएको भन्दै विद्यापुरभन्दा एक इन्च अगाडी बढ्ने आँट गरेनन् । पुनः चौकुने गाउँपालिकाले मदन भण्डारी राजमार्गको विद्यापुरदेखि बल्देसम्म सडक निर्माण गरिरहेको व्यवसायीलाई विद्यापुर–गुटु खण्डमा विग्रिएको सडक सुधार्न आग्रह ग¥यो ।

निर्माण व्यवसायीले भनेअनुसारकै काम पनि ग¥यो तर यातायात व्यवसायी गुटु जानै मानेनन् । त्यसपछि शुरु भयो चौकुनेका बिद्रोह । गटुसम्म गाडी पु¥याउन सहज रुपमा मौखिक र लिखित रुपमा विन्ति विसाएका गाउँपालिकाको सिंगो टिमको आग्रह कसैले सुनेन् ।

अति भएपछि अध्यक्ष खड्का विक ‘बासपाने’, उपाध्यक्ष नरबहादुर बान्तोलासहितको टोली पालिकाका दुई ओटा टिप्परमा आफ्ना नागरिकहरु हालेर शनिवार वीरेन्द्रनगर पुगे ।

त्यसपछि झस्किएको स्थानीय प्रशासनले आइतबार वार्ताका लागि बोलायो भने यातायात व्यवसायीहरुले सडकको अवस्था हेरेर जान सकिने ठाउँसम्म सवारी चालकलाई निर्देशन दिएर सुर्खेतको पश्चिम रुटमा सवारी छुटाए ।

सुर्खेतका यातायात व्यवासयी विरुद्ध कडा अभिव्यक्ति दिएका चौकुने गाउँपालिका अध्यक्ष बासपाने गलेका छन् । स्थानीय प्रशासनको समन्वयमा भएको छलफलमा उपस्थिति सरोकारवालाहरु सम्लित सहमतिमा चौकुनेका नागरिकहरुले गरेको अपेक्षाभन्दा सामान्य सहमतिमा भएको छ ।

६ बुदे सहमतिमा भनिएको छ, ‘सडक डिभिजनको क्षेत्राधिकार रहेको खम्बगाडेदेखि विद्यापुरसम्मको सडक सात दिनमा मर्मत गरेर गाडी गाडी चलाउन निर्देशन गरिन्छ ।’ यस्तै, बड्डीचौरदेखी खम्बागाडेसम्म १३ कि.मि. सड़क पूर्वाधार निर्देशनालय सुर्खेतको कार्यक्षेत्र रहेकाले सात दिनभित्र मर्मत गरेर सवारी साधन चल्ने बनाउन ईन्जिनियर हरि शर्मा धिताललाई जिम्मेवारी तोकिएको छ।

विद्यापुर–गुटु–मायाताल– बिजौरा बल्दे २२ किलोमिटर सडक मदन भण्डारी राजमार्गको कार्यक्षेत्र भित्र पर्ने भएकोले सात दिनमा मर्मत तथा व्यवस्थापन गरी सवारी साधन चल्ने बनाउन बुदा नम्बर तीनमा सहमति गरेको छ ।

यस्तै, हालसम्म निर्वाध रुपमा गाडी गुड्दै आएको बाटोको सुधारको अवस्था हेरी अनुगमन गरी रोड परमिट व्यवस्था मिलाउन यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिइएको छ ।

गुटुसम्म निर्वाध रुपमा सवारी चलाउन संयुक्त यातायात व्यवसायीहरुलाई अनुरोध गरिएको छ भने, बाबियाचौरदेखी कुइने तथा गुटुदेखी कर्णाली चिसापानी पूर्वपश्चिम राजमार्गसम्मको सडक जोड़नेसवारी साधन चल्ने इजाजतका लागि सम्बन्धित समितिमा पठाउने निर्णय बैठकले निर्णय गरेको छ ।

सम्बन्धित समाचार
सुर्खेत पश्चिमका जनतामाथि यातायात व्यवसायीको सिण्डीकेट
संयुक्त यातायातका विरुद्धमा चौकुने, थाल्यो टिप्परमा यात्रु बोक्न
सुर्खेतका यातायात व्यवसायीको सिण्डिकेट विरूद्ध चौकुनेको विद्रोह
अध्यक्षले अभिव्यक्ति नसच्याए बड्डीचौरदेखि गाडी नपठाउने चेतावनी
तिम्रा गाडी ताला लगाएर राख म टिप्परमै यात्रु चौकुने पुर्याउछ : अध्यक्ष बासपाने
टिप्परमै चौकुनेका नागरिकले यात्रा गर्दा किन गुमनाम छिन ‘यातायात राज्यमन्त्री’?
अन्ततः सुर्खेतका व्यवसायीले गुटुका लागि छुटाए गाडी
बल्ल बोले सांसद थानी भने, ‘सहकार्य र समन्वयबाट समाधान खोजौं’
सुर्खेत पश्चिममा ७ दिन भित्र सवारी चल्ने गरी सडक मर्मत गर्न निर्देशन

 

तपाईको प्रतिक्रिया