टिप्परमै चौकुनेका नागरिकले यात्रा गर्दा किन गुमनाम छिन ‘यातायात राज्यमन्त्री’ ?

सुर्खेत । सालकोट घर भएकी नन्दा शर्मा ‘चपाई’ केन्द्रीय सरकारकी राज्यमन्त्री हुन् । आज तिनै राज्य मन्त्री शर्माका नागरिकहरु टिप्परमा यात्रा गरिरहेका छन् । ४२ दिनसम्म सार्वजनिक यातायातका सवारी साधन विद्यापुरभन्दा अगाडी नजाँदा चौकुनेका नागरिकहरुले वीरेन्द्रनगर आउन र लगाम पुग्न निकै पीडादायी यात्रा खेपिरहँदा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री शर्मा कहाँ छिन भन्ने खोजी भएको छ ।



याे पनि पढ्नुहाेस् : तिम्रा गाडी ताला लगाएर राख म टिप्परमै यात्रु चौकुने पुर्याउछ : अध्यक्ष बासपाने

यातायात व्यवसायीहरुका विरुद्ध शनिवार मात्रै चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक ‘बासपाने’सहितको टोलीले आफ्ना नगारिकहरुलाई टिप्परमै गुटुबाट वीरेन्द्रनगर ल्याएका छन् । तर राज्यमन्त्री शर्माले त्यस क्षेत्रका नागरिकहरुले भोगिरहेको समस्यामा पहल नगरेको भन्दै उनको आलोचना गर्न थालिएको छ ।

यद्यपी, उनका प्रमुख स्वकीय सचिव महेन्द्रराज शर्माले सुर्खेत पश्चिम क्षेत्रका नागरिकहरुले भोगिरहेका समस्याबारे एक÷दुई दिन अघि मात्रै मन्त्री ज्यूले थाहा पाउनु भएको नेपालकर्मलाई जानकारी दिए ।

‘उहाँले एक त त्यहाँको समस्याबारे ढिला थाहा पाउनु भयो । खवरहरु बाहिरिएपछि मन्त्री ज्यू (प्रकाश ज्वाला) ले पनि चासो व्यक्त गरेपछि प्रयासहरु शनिवारदेखि गरिराख्नु भएको छ,’ प्रमुख स्वकीय सचिव शर्माले भने, ‘मन्त्रीले आफ्नो तहबाट गर्ने प्रयासमा कुनै कसर बाँकी राख्नु भएको छैन् ।’

त्यसक्षेत्रको समस्या समाधान गर्नुपर्ने पहिलो दायित्व जिल्ला स्थिति जिल्ला प्रशासन कार्यालयको भएकाले शर्मा बताउँछन् । उनले हिजो (शनिवार) मात्रै प्रमुख जिल्ला अधिकारीलाई तत्काल चौकुनेका नागरिकहरुले खेपिरहेको सास्तीलाई समाधान गर्न राज्यमन्त्रीले आग्रह गरेको बताए ।

बाहिर अरूले गुमनाम भएकाे भन्ने भनाइ निराधार रहेकाे र चाैकुने नागरिकहरूलाइ सहज यातायात सेवा सुचारू गर्न मातहतका सबै निकायसँग समन्वय गरिरहेकाे प्रमुख स्वकीय सचिव शर्माकाे दावी छ ।

तपाईको प्रतिक्रिया