सुर्खेत । ४२ दिनसम्म सार्वजनिक यातायातको पहुँच बाहिर रहँदा सास्ती खेपेका चौकुने गाउँपालिका नागरिकले टिप्पर यात्रा गर्न थालेपछि त्यस क्षेत्रका सांसदहरु बोल्न थालेका छन् ।

बारम्बार चौकुने गाउँपालिकाले सडक विग्रिएको ठाउँमा मर्मत गरिदिन्छौं गाडी चलाइदिनुहोस् भनेर आग्रह गर्दासमेत नमानेका यातायात व्यवसायी विरुद्ध विद्रोह गरेपछि सांसदहरुले आफ्ना धारणा सार्वजनिक गर्न थालेका हुन् ।

गाउँपालिकाका अध्यक्ष खड्क विक ‘बासपाने’ ले शनिवार दुई ओटा टिप्परमा नागरिकहरु गुटुबाट वीरेन्द्रनगर ल्याएपछि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद हृदयराम थानीले सार्वजनिक रुपमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा थानीले लेखेको छन्, ‘सुर्खेत पश्चिम क्षेत्रको सार्वजनिक यातायातको समस्याले जनतालाई मर्कामा पर्नुहुँदैन ।’ थानीले थप लेखेका छन्, ‘तत्काल सबै पक्ष मिलेर छलफल, समन्वय र सहकार्यको बाटोबाट समस्याको स्थायी समाधान खोज्न जरुरी छ ।’

लामो समयसम्म लगामबाट वीरेन्द्रनगर आउन र वीरेन्द्रनगरबाट गुटुहुँदै लगाम पुग्ने नागरिकहरुले सास्ती खेपिरहँदा मौन रहेका थानीले गुटुमा यातायात व्यवसायीहरुले गाडी चलाएकै दिन आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
यो क्षेत्रबाट केन्द्रमा थानी, समानुपातिक सांसद नन्दा शर्मा ‘चपाई’ र कर्णाली प्रदेश सभामा विन्दमान विष्टले प्रतिनिधित्व गर्छन् । शर्मा भने केन्द्रीय सरकारको भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीसमेत हुन् । जनताका समस्या प्रति आफैले जिताएर पठाएका जनप्रतिनिधि गम्भीर नभएकोमा सुर्खेत पश्चिमका नागरिकहरुले आलोचना गरिरहेका छन् ।
सम्वन्धित थप समाचार
सुर्खेत पश्चिमका जनतामाथि यातायात व्यवसायीको सिण्डीकेट
संयुक्त यातायातका विरुद्धमा चौकुने, थाल्यो टिप्परमा यात्रु बोक्न
सुर्खेतका यातायात व्यवसायीकाे सिण्डिकेट विरूद्ध चाैकुनेकाे विद्राेह
अध्यक्षले अभिव्यक्ति नसच्याए बड्डीचौरदेखि गाडी नपठाउने चेतावनी
तिम्रा गाडी ताला लगाएर राख म टिप्परमै यात्रु चौकुने पुर्याउछ : अध्यक्ष बासपाने
टिप्परमै चौकुनेका नागरिकले यात्रा गर्दा किन गुमनाम छिन ‘यातायात राज्यमन्त्री’ ?
अन्ततः सुर्खेतका व्यवसायीले गुटुका लागि छुटाए गाडी

नेपाल कर्म । २१ श्रावण २०८०, आईतवार ११:१८