सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा आज (आइतबार) बसेको सर्वदलिय बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ। उक्त बैठकले कर्णाली राजमार्गको बाङ्गेसिमलदेखि बड्डीचौरसम्म र खम्बागाडे–बाबियाचौर–विद्यापुरसम्म सात दिन भित्र उक्त क्षेत्रमा सवारी चल्ने गरी सडक मर्मत तथा व्यवस्थापन गर्नुपर्ने निर्देशन सडक डिभिजन सुर्खेतलाई दिएको छ।
उक्त क्षेत्र सडक डिभिजन, सुर्खेतको कार्यक्षेत्रमा पर्ने गदर्छ। उक्त सड़कको मर्मत सम्भारमा जिम्मेवार इन्जिनियर अशोक चौधरी रहेने बैठकले निर्णय गरेको छ।
यस्ता छन्, अन्य निर्णयहरु

-बड्डीचौर देखी खम्बागाडेसम्म १३ किमि सड़क पूर्वाधार निर्देशनालयको कार्यक्षेत्र भित्र पर्ने भएकाले ७ दिन भित्र उक्त सडक मर्मत तथा व्यवस्थापन गरी सवारी साधन चल्ने बनाउनको लागि पूर्वाधार विकास निर्देशनालयलाई निर्देशन दिने निर्णय गरियो । साथै उक्त सडकको मर्मर सम्भार गर्ने जिम्मेवार इन्जिनियर हरि शर्मा धिताल हुनु हुने छ ।
-विद्यापुर गुटु मायाताल बिजौरा बल्दे २२ किमि सडक मदन भण्डारी राजमार्गको कार्यक्षेत्र भित्र पर्ने भएकोले ७ दिन भित्र मर्मत तथा व्यवस्थापन गरी सवारी साधन चल्ने बनाउनको लागि मदन भण्डारी राजमार्ग कार्यालयलाई निर्देशन दिने निर्णय गरियो । साथै उक्त सडकको मर्मर सम्भार गर्ने जिम्मेवार इन्जिनियर राम सागर हरिजन हुनु हुने छ ।
– उक्त क्षेत्रमा बाटोको सुधारको अवस्था हेरी अनुगमन गरी रोड पर्मिटको व्यवस्था मिलाउन यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिने निर्णय गरियो। सोका लागि तोकिएका अधिकृतले ७ दिन भित्र प्रतिवद्धता पेश गर्ने ।

-सुर्खेत बजार देखी गुटु सम्म सवारी साधन नियमित रुपमा र तोकिएको सुपथ मुल्यमा यातायात सेवा संचालन गरी आम नागरिकलाई सेवा सुविधा उपलब्ध गराउन जिल्ला स्थित संयुक्त यातायात व्यवस्था समिति प्रा।लि। लगाएत सम्पुर्ण यातायात व्यवसायिलाई हार्दिक अनुरोध गर्ने निर्णय गरियो ।
-गुटु सम्म यस पूर्व अस्थायी रुट प्रमिट प्राप्त भइसकेकोमा गुटु देखी लगाम बेतान सम्मको लागि र बाबियाचौर देखी कुइने एवं गुटु देखी कर्णाली चिसापानी पूर्वपश्चिम राजमार्ग सम्मको सडक जोड़ने गुटु चिसापानी सडकमा सवारी साधन चल्ने इजाजतका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरियो ।
सम्वन्धित थप समाचार
सुर्खेत पश्चिमका जनतामाथि यातायात व्यवसायीको सिण्डीकेट
संयुक्त यातायातका विरुद्धमा चौकुने, थाल्यो टिप्परमा यात्रु बोक्न
सुर्खेतका यातायात व्यवसायीकाे सिण्डिकेट विरूद्ध चाैकुनेकाे विद्राेह
अध्यक्षले अभिव्यक्ति नसच्याए बड्डीचौरदेखि गाडी नपठाउने चेतावनी
तिम्रा गाडी ताला लगाएर राख म टिप्परमै यात्रु चौकुने पुर्याउछ : अध्यक्ष बासपाने
टिप्परमै चौकुनेका नागरिकले यात्रा गर्दा किन गुमनाम छिन ‘यातायात राज्यमन्त्री’ ?
अन्ततः सुर्खेतका व्यवसायीले गुटुका लागि छुटाए गाडी
बल्ल बोले सांसद थानी भने, ‘सहकार्य र समन्वयबाट समाधान खोजौं’

नेपाल कर्म । २१ श्रावण २०८०, आईतवार २१:१६