तिम्रा गाडी ताला लगाएर राख म टिप्परमै यात्रु चौकुने पुर्याउछ : अध्यक्ष बासपाने

सुर्खेत । चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक ‘बासपाने’ ले सुर्खेतस्थित संयुक्त यातायात सेवालाई आफ्ना गाडी ताला लगाएर राख्न चेतावनी दिएका छन् । संयुक्त यातायात सेवाले माफि माग्नु पर्ने अडान लिए लगत्तै अध्यक्ष विकले माफी माग्नै पर्ने कुनै अभिव्यक्ति नदिएकाले बड्डीचौरबाट पश्चिम मात्रै हैन, सार्वजनिक सवारी ताला लगाएर घरमै राख्न चेतावनी दिएका हुन् ।



याे पनि पढ्नुहाेस् : अध्यक्षले अभिव्यक्ति नसच्याए बड्डीचौरदेखि गाडी नपठाउने चेतावनी

अध्यक्ष विकले माफी मागेपछि मात्रै गुटुमा सार्वजनिक सवारी पु¥याउने अभिव्यक्ति दिएको लगत्तै टिप्परमा चौकुनेका नागरिक मंगलगढी झारेपछि उनले भने, ‘बड्डीचौर मात्रै हैन, बरु गाडी ताला लगाएर घरमै राख्नु । म मेरा नागरिकलाई टिप्परमै वीरेन्द्रनगरदेखि लगाम र लगामदेखि वीरेन्द्रनगर पु¥याउछु,’ अध्यक्ष विकले भने, ‘सार्वजनिक रुपमा यातायात सञ्चालन गर्ने सबै खराव नरहेको तर केही दलाल, भ्रष्ट र लुटेराहरु चौकुनेमा सक्रिय रहेको जीवन्त छ , तथ्यका आधारमा बोलकाले म माफी माग्दैन् । बरु सबै गाडी ताला लगाएर घरकै गेटमा राखेहुन्छ ।’

याे पनि पढ्नुहाेस् : सुर्खेत पश्चिमका जनतामाथि यातायात व्यवसायीको सिण्डीकेट
अध्यक्ष ‘बासपाने’ ले सार्वजनिक यातायातलाई गुटुसम्म पु¥याउन अर्को पालिकाको क्षेत्रमा मर्मत गरिदिँदा पनि सिण्डिकेट लादेको बताए । ‘चौकुनेले गुटु खोला र तल्लो विद्यापुर क्षेत्रमा अप्ठेरो ठाउँमा ग्राभेल गरिँदा पनि गुटु पुगेका गाडीलाई रातारात विद्यापुर ल्याइयो,’ विकले भने, ‘सडक मर्मत नगरेको भए ठिकै हो तर काम गर्दिदा पनि केही दलाल, भ्रष्ट र लुटेराहरुका कारण आज चौकुनेका नागरिकले पीडा खेपिरहेका छन् ।’

विग्रिएको ठाउँमा डोजर लगायौं, सडक मर्मत गर्दा पनि यातायात व्यवसायीको दादागिरीले चौकुनेमा नाकाबन्दी लगाएको उनको दुःखेसो छ । उनले विपदको बैठकमा स्पष्ट कुरा राख्दा पनि स्थानीय प्रशासनले सहयोग नगरेको बताए ।

‘आज चौकुनेका नागरिकलाई यातायात व्यवसायीहरुले पीडा दिएका कारण टिप्परमा हालेर नागरिकहरुलाई वीरेन्द्रनगर ल्याउने रहर थिएन्,’ अध्यक्ष विकले भने, ‘सहज रुपमा बनाएको सकडमा सार्वजनिक यातायातका सवारी गुटुसम्म पराइदिइको भए साना ६ महिनाका नानीहरु टिप्परमा चढेर वीरेन्द्रनगर आउनुपर्ने थिएन ।’
जुन दिन सिट भएको गाडी पाउँछन् त्यो दिन मात्रै चौकुने नागरिकहरुले सार्वजनिक गाडी चड्ने विकले बताए । मटिप्पर चढेर स्टन्ट गर्नुभयो भन्ने छ नि पत्रकारको प्रश्नमा अध्यक्ष विक भन्छन्, ‘गुटु सडक सञ्जालले २०४८ सालमा जोडिएको हो । विजौरासम्म तत्कालिन मन्त्री शिवराज जोशीले पु¥याउनु भएको हो । विजौरादेखि लगामसम्म मेरै पहलमा सडक पुगेको हो । भुटेका मकै र सुकेका रोटी, सुर्खेतदेखि पश्चिम रोटी भनेर कोदो कोदालो समातेर सडक निर्माण गरेको हुँ । अहिले नि नागरिकका लागि खटिरहेको छु । तर यातायात व्यवसायीलाई गुटुसम्म गाडी पु¥याइदिनु भनेर हात जोडे, विन्ति गरे तर वास्ता नगरेपछि टिप्परमै यात्रा गराउन बाध्य भएको छु ।’

सुुर्खेतमा सञ्चालित संयूक्त यातायात व्यवसायीले ४२ दिनदेखि गाउँपालिकामा गाडी चलाउन बन्द गरेपछि विरोध स्वरुप गाउँपालिकाले शनिवारदेखि सदरमुकाम वीेन्द्रनगरसम्म टिप्परबाट यात्रु ओसारपसार गर्न सुरु गरको हो ।

लामो समय बन्द भएको यातायात सेवा सुचारु गर्न बारम्बार यातायात व्यवसायीसँग अनुरोध गर्दा सुनुवाई नभएपछि नागरिकलाई गाउँपालिकाका टिप्परबाट सेवा दिनु परेको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया