डाँका चोरी मुद्दामा वडाध्यक्ष विनोद सिंह विष्ट निर्दोष ठहर

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विनोद सिंह विष्ट निर्दोष रहेको अदालतले ठहर गरेको छ । सुर्खेत जिल्ला अदालतका न्यायाधीस दिपक ढकालको इजलासले विष्टसहित तीन जनालाई सफाइ दिने फैसला गरेको हो ।



सफाइ पाउने विष्टसहित सुशील गुरुङ भनिने प्रेम गुरुङ र बलिराज शाहीलाईसमेत सफाइ दिने अदालतबाट फैसला भएको सूचना अधिकारी उज्वल रावलले नेपालकर्मलाई जानकारी दिए ।

‘उनीहरु विरुद्ध अदालतमा दर्ता भएको डाँका चोरी मुद्दामा दावी नपुग्ने फैसलामा भनिएको छ,’ सूचना अधिकारी रावलले भने ।

उपभोक्ता समितिको रकम जफत गरेको आरोपमा जिल्ला अदालतले विष्टसहित तीन जनालाई २१ साउन २०८० मा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

अनुसन्धानका क्रममा तानिएका यामराज शाही र सन्तोष थापाबाट अदालतले जनही दुई–दुई लाख धरौटी लिएर रिहा गरेको थियो । जिल्लाको निर्णय विरुद्ध उच्च अदालत सुर्खेतमा विष्टले पुनरावेदनको दिएका थिए ।

१८ असोज २०८१ मा उच्च आदलतले पुर्पपक्षका लागि कारागार चलान भएका विष्टसहित तीनै जनालाई छाड्न आदेश दिएको थियो । उच्चले गुरुङबाट चार लाख र शाहीबाट दुई लाख धरौटी रकम माग गरेको थियो ।

२४ असार २०८० मा वडाध्यक्ष विष्टसहित पाँच जनाको टोलीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको आरोप लागेको हो ।

यो पनि पढ्नुहोस्
१. चोरी तथा डाँकाको आरोपमा वडाध्यक्ष विष्ट प्रकाउ
२. वीरेन्द्रनगरका ३ नम्बर वडाध्यक्ष विष्टसहित तीन जना कारागार चलान
३. उच्च अदालत सुर्खेतको आदेशपछि छुटे वीरेन्द्रनगर ३ का वडाध्यक्ष विष्ट

तपाईको प्रतिक्रिया