सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विनोदसिं विष्ट धरौटीमा रिहा भएका छन् । बिहीबार उच्च अदालत सुर्खेतले विष्टलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
उपभोक्ता समितिको रकम जफत गरेको आरोपमा जिल्ला अदालत सुर्खेतले विष्टलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदातलको उक्त आदेशविरुद्ध विष्ट उच्च अदालत पुगेका थिए ।
साथै जिल्ला अदातलले पुर्पक्षका कारागार चलान गरेका सुशील गुरुङ भनिने प्रेम गुरुङ र बलिराज शाहीलाइ पनि रिहा गर्न आदेश दिएकाे उच्च अदालत सुर्खेतका सूचना अधिकारी विनाेद आचार्यले नेपालकर्मलाइ जानकारी दिए ।

उनकाअनुसार गुरूङबाट चार लाख र शाहीबाट दुइ लाख धराैटी माग गरिएकाे अदालतले आदेशसमेत दिएकाे छ ।


वडाध्यक्ष विष्टसहित तीन जनालाई गत साउन २१ गते सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियाे । तिनै जनालाइ डाँका चोरी अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा तानिएका यामराज शाही र सन्तोष थापाबाट जिल्ला अदालतले जनही दुई-दुई लाख धरौटी लिएर रिहा गर्न आदेश दिएकाे थियाे ।
गत असार २४ मा वडाध्यक्ष विष्टसहित पाँच जनाको टोलीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो । तर उच्च अदालतले पुर्पक्ष लागि कारागारमा राखि राख्न आवश्यक नरहेकाे आदेश दिएपनि याे मुद्दाकाे अन्तिम फैसला भने भइसकेकाे छैन् ।

नेपाल कर्म । १८ आश्विन २०८०, बिहीबार १७:१२