चोरी तथा डाँकाको आरोपमा वडाध्यक्ष विष्ट प्रकाउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी डाकाको आरोपमा वडाध्यक्षलाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्टलाई आइतबार पक्राउ गरेको हो।



जिल्ला प्रहरी कार्यालय सुर्खेतले वडाध्यक्ष विष्टलाई पैसा चोरी गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ।

सुर्खेतका डिएसपी लक्ष्मणबहादुर शाहीले आइतबार दिउँसो वीरेन्द्रनगर नगरपालिकाबाट उनलाई पक्राउ गरेको जानकारी दिए। उनले भने, ‘हामीले वडाध्यक्ष विष्टलाई आज पक्राउ गरेका छौँ। उहाँलाई चोरी तथा डाँकाको मुद्दा चल्न सक्छ। हामी थप अनुसन्धान गर्दै छाैँ।’

यस्तै, वडाध्यक्ष विष्ट र अन्य दुइ जनालाई पैसा चोरेको पारेको आरोप लागेको थियो।

उनीसहित अन्य दुई जनालाई खोर्केखोला तटवन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको आरोप लागेको थियो।

यस्तै, उक्त उपभोक्ता समितिले पैसा चोरीको उजुरी प्रहरीमा दिएपछि शुक्रबार सुशील गुरुङ र बलिराज शाहीलाई पक्राउ गरेको थियो।

चोरी तथा डाँका सम्बन्धि के छ, सजाय ?

यस्तै, मुलुकि अपराध संहिता २०७४ को परिच्छेद २० मा चोरी तथा डाँका सम्बन्धि कसुरको दफा २४४ मा डाँका गर्न नहुने, उपदफा २ (घ) मा तीन जना वा तीन जनाभन्दा बढी जम्माभइ चोरी गरेमा चाेरी तथा डाँका सम्बन्धि सजाय हुने व्यवस्था रहेकाे छ।

यस्तै, दफा ३ को उपदफा १ बमोजिक कसुर ठहरेमा ७ वर्षदेखि १४ वर्षसम्म कैद र ७० हजार एक लाख ४० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

तपाईको प्रतिक्रिया