नेपालगञ्ज डाइभर्ट भएको वुद्धको जहाज सुर्खेत फर्कियो

सुर्खेत । हावाको उच्च गतिका कारण सुर्खेत विमानस्थलमा अवतरण गर्न नसकेको वुद्ध एयरको जहाज पुनः सुर्खेत फर्किएको छ । मंगलबार दिउँसो काठमाडौंबाट सुर्खेतका लागि उडेको वुद्ध एयरको जहाज रनवेमा हावाको हावाको नर्थ बढेपछि अवतरण नगरी नेपालगञ्ज डाइभर्ट भएको थियो । हावाको गति कम भएसँगै जहाज दिउँसो पौने पाँच बजे पुनः नेपालगञ्जबाट सुर्खेत फर्किएको हो ।



सुर्खेत विमानस्थलमा १० नर्थको हावा हुनुपर्छ तर जहाज अवतरण गर्ने क्रममा १८ नर्थ पुगेको थियो । यात्रुले भरिएको जहाजमा पाइलटले रिक्स लिन नचाहेपछि नजिकैको विमानस्थलमा जहाज डाइभर्ट गरिन्छ । काठमाडाैंबाट सुर्खेतका लागि उडेकाे जहाजमा ५७ जना यात्रु थिए ।

सुर्खेत अवतरण गरेकाे जहाज पुनः सुर्खेतबाट यात्रु लिएर काठमाडाैं जाने विमानस्थलले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया