सुर्खेत । हावाको उच्च गतिका कारण काठमाडौं–सुर्खेतको हवाई सेवा प्रभावित भएको छ । मंगलबार दिउँसो काठमाडौंबाट सुर्खेतका लागि उडेको वुद्ध एयरको जहाज रनवेमा अवतरण नगरी नेपालगञ्ज फर्किएको छ ।

हावाका कारण जहाज अवतरण हुन नसकेको सुर्खेत विमानस्थलले जनाएको छ । काठमाडौंबाट उडेको जहाज दिउँसो ३ बजेर १८ मिनेटमा सुर्खेतमा अवतरण गर्नुपर्ने थियो ।

तर हावाको गति भेरियबलहुँदा जहाजले धावनमार्ग छुने क्रममा जहाज अवतरण गर्न नसकेको विमानस्थलले जनाएको छ । वुद्ध एयरको उक्त जहाज अहिले नेपालगञ्ज विमानस्थलमा अवतरण गरिसकेको छ ।

सुर्खेत विमानस्थलमा १० नर्थको हावा हुनुपर्छ तर जहाज अवतरण गर्ने क्रममा १८ नर्थ पुगेको छ । यात्रुले भरिएको जहाजमा पाइलटले रिक्स लिन मुस्किल परेका कारण जहाज नेपालगञ्ज फर्किएको फर्किएको विमानस्थलले जनाएको छ । सामान्यतया जहाज अवतरणका लागि १० नर्थ देखि कम हुनुपर्नेमा अत्यधिक हावा प्रवाह भएको जनाइएको छ ।
हावाकाे गति विस्तारै कम हुँदै गएकाले नेपालगञ्ज डाइभर्ट भएकाे जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेर सुर्खेतबाट यात्रुहरू लिएर काठमाडाैं जाने वुद्ध एयर सुर्खेतले जानकारी दिएकाे छ । डाइभर्ट भएकाे जहाजमा काठमाडाैंदेखि ५७ जना यात्रु रहेका थिए ।

नेपाल कर्म । १८ बैशाख २०८१, मंगलवार १६:२३