सुर्खेत । वीरेन्द्रनगरको एक गोदाममा लागेको आगलागी नियन्त्रणमा आएको छ । वीरेन्द्रनगर–६ खोर्केखोला नजिकै रहेको ज्याला ट्रेडर्सको गोदाममा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा आएको हो ।

आगो निभाउन वीरेन्द्रनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आयो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाकारी दिएको छ ।


आगालागीबाट भएको क्षतीको यकिन विवरण आइसकेको छैन् । आगलागीबाट गोदममा राखिएको कलर, पाइप र नजिकै रहेको यज्ञपिस बोर्डिङ स्कुलमा क्षती पुगेको छ ।
चार हजार लिटर क्षमताकाे नगरपालिकाकाे दमकलकाे पानी सकिएपछि आगाे निभाउन नेपाल आयल निगमकाे दमकल, डिभिवन वन कार्यालयकाे ट्यांकर र नगरपालिकाकाे ट्यांकरसमेत खटाइएकाे थियाे । आगलागीको कारण भने खुलेको छैन् ।

नेपाल कर्म । २ बैशाख २०८१, आईतवार १५:५१