दुई सातासम्म पनि सम्पर्कमा अएनन् मेजर पण्डित, विलौनामा परिवार

सुर्खेत । डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स गणका गुल्मपती मेजर विमल पण्डित सम्पर्कविहीन भएको आज १५ दिन पुग्यो । दाजु हराएको १५ दिन पुगेपछि विमलकी बहिनीले कसैले देखेमा सम्पर्क गरिदिनका लागि अनुरोध गरेकी छिन् ।




दाजु हराएलगत्तै त्रिपुरासुन्दरी मन्दिरको भिडियोसहित भगवानसँग पुकारा गरिरहेकी बहिनीले फोटोसहित कसैले देखेमा सम्पर्कका लागि अनुरोध गरेकी हुन् ।
उनले यसअघि शुक्रबार ‘धैर्य गर्नु मात्र विकल्प रह्यो’ लेख्दै परिवारले भोगिरहेको पीडालाई सामाजिक सञ्जालमार्फत दाजुको लागि पुकारा गरिरहेकी छिन् ।

Neeru Pandit – धैर्य गर्नु मात्र विकल्प रहयो। | Facebook

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका डाँछीका पण्डित परिवार विगत १४ दिनदेखि पीडामा रहेका छन् । दिनरात छोराको खबरको प्रतीक्षा गर्दै घरमा वृद्ध बुवाआमाले दिन बिताइरहेका छन् भने बहिनीले सामाजिक सञ्जालमार्फत दाजुको सकुशलताका लागि कामना गरिरहेकी छिन् ।

याे पनि

१० दिन वित्यो तर सेनाका मेजर सम्पर्कविहिनको सुराक भेटिएन

तपाईको प्रतिक्रिया