पहिराेले बगाएको पाइप लाइन पुनमनिर्माण गरेपछि वीरेन्द्रनगरमा खानेपानी सुचारु

सुर्खेत । वीरेन्द्रनगर ल्याइएको खानेपानीको मुख्य प्रशारण लाइन पुनर्निार्मण गरिएको छ । पहिरोले क्षती पु¥याउँदा झुप्रा खोलाको मुख्य प्रशारण लाइन २० दिनदेखि बन्द रहेको थियो । तर सुर्खेत उपत्यका खानेपानी संस्थाले पहिरो गएको क्षेत्रमा वालसहित पुनर्निर्माण गरेपछि मंगलबारदेखि खानेपानी सुचारु गरिएको हो ।



याे पनि पढ्नुहाेस् : पहिरोले खानेपानीको पाइप बगायो, वीरेन्द्रनगरमा वितरण प्रणाली असन्तुलित

वीरेन्द्रनगर खानेपानीको मुख्य स्रोतका रूपमा रहेको झुप्राखोलाबाट पानी प्रशोधन केन्द्र करेखोलासम्म ल्याइएको पाइप गएको पहिरोले असार २७ गते बगाएको हो । वीरेन्द्रनगर–१३ भञ्जाङ्गमा गएको पहिरोले पु¥याएको क्षतीग्रस्त क्षेत्रमा पिल्लर निर्माण गरेर पाइप अड्याएपछि खानेपानी शुचारु गरिएको संस्थाका ईन्जिनियर बालाराम तिवारीले नेपालकर्मलाई जानकारी दिए ।

झुप्रा खोलाको खानेपानी सुचारु भएपछि वीरेन्द्रनगर उपत्यका अशन्तुलित वितरण प्रणालीलाई नियमित गर्ने प्रयास भइरहेको उनको भनाई छ । उनले पहिरोबाट करिव सात लाखको क्षती पुगेको छ । रक एङ्करिङ्ग गरेर आरसीसी गरेर पिल्लर उठाएर खानेपानी सुचारु गरिएको हो

पानीको मुख्य पाइपलाइन पहिरोले बगाएपछि यसअघि खरी बोरी खोला र डाङ्डुङ्गे खोलासहितबाट पानी वीरेन्द्रनगरमा आपूर्ती गरिँदै आएको थियो । तर आपूर्ती भन्दा माग बढी रहेकाले सिमित थप स्रोतको पानी उपत्यकाका सबै क्षेत्रमा वितरण गर्नमा कठिनाइ देखिएको हो ।

वीरेन्द्रनगरमा अहिले २० हजार घरधुरीमा खानेपानीको धारा जडान गरिएको छ । बढ्दो शहरीकरणका कारण ३६ हजार घरधुरी रहेको वीरेन्द्रनगरमा खानेपानीको अभाव बढ्दो छ । वीरेन्द्रनगरमा दैनिक २ करोड ३९ लाख ५२ हजार लिटर पानीको आवश्यकता भएपनि अहिले अपुग छ।

झुप्राखोला, खरीखोला बोरीखोला, इत्राम खोला, खोर्के खोलाको मुहानबाट १५३ लिटर प्रतिसेकेन्ड पानी आउने गरेको थियो । दैनिक सबै मुहानबाट ५८ लाख ७५ हजार दुई सय लिटर पानी आपूर्ती भएपनि झुप्रा खोलाको पाइपलाइन पुनर्निमाण गरेपछि दैनिक ७४ लाख ३० हजार चारसय लिटर पानी थपिएको छ ।
झुप्राखोलाबाट मात्रै प्रतिसेकेन्ड ८६ लिटर पानी आपूर्ती हुँदै आएको छ

तपाईको प्रतिक्रिया