वीरेन्द्रनगर एसिड प्रहार प्रकरण : अस्पतालले भन्यो घाइतेको हातमा डोरीको घर्षण

सुर्खेत । वीरेन्द्रनगरमा एसिड प्रहारबाट घाइते भनिएका युवकको हातमा डोरीको घर्षण रहेको अस्पतालले जनाएको छ। उक्त घटनामा एसिड प्रहारबाट घाइते भएको भनिएका नेत्रबहादुर शाहीको हातमा डोरीको घर्षण भएको प्रदेश अस्पताल कालागाउँले जनाएको हो।



याे पनि  वीरेन्द्रनगरमा एक युवतीमाथि एसिड प्रहारको प्रयास, एक जना पक्राउ

चिकित्सद्धारा शाहीको चेकजाँच प्रश्चाप जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई प्रदेश अस्पताल कालागाउँकाले दिएको जानकारीअनुसार एसिड नभइ सामान्य कुनै डोरी वा चैनको घर्षण भएको जनाएको छ।

शुक्रबार साझ पाँच बजेको समयमा वीरेन्द्रनगर–१ बाङ्गेसिमल नजिक एक युवतीलाई एक युवकको समूहले एसिड प्रहारको प्रयास गरेको थियाे।  उक्त एसिड युवितसँगै रहेका युवकको बाँया हातमा परेपछि घाइते भएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

स्थानीयले प्रहरीलाई दिएको जानकारीअनुसार बराहताल गाउँपालिका–१० की अन्दाजी १७ वर्षीय सोबिता बुढालाई एसिड प्रहार गर्न खोज्दा उनलाई नलागेर उनिसँगै रहेका सोही ठाउँका अन्दाजी २२ वर्षीय नेत्रबहादुर शाहीको बायाँ हातमा लागेको थियो।

स्थानीयको सुचनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले एसिड प्रहारको आरोपमा वीरेन्द्रनगर नगरपालिका–१४ का १६ वर्षीय आशिष सुनारलाई पक्राउ गरेको छ।

तपाईको प्रतिक्रिया