सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक जना युवतीलाई लक्षित गरी एसिड प्रहार गर्ने एक जनालाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१४ का १६ वर्षीय आशिष सुनार रहेका छन्।
शुक्रबार अपरान्हतिर सोही वडाको मैकल बजार नजिकै बराहताल गाउँपालिका –१० की अन्दाजी १७ वर्षकी सोबिता बुढालाई उनले एसिड प्रहार गर्न खोजेको थिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उक्त एसिड युवतीलाई नलागेर सोही ठाउँका नेत्रबहादुर शाहीको बायाँ हातमा लागेको छ।


शाही घाइते भएक छन्। एसिड प्रहार घटनामा अन्य एक व्यक्ति पनि संलग्न रहेको र उनी फरार रहेको प्रहरीले जनाएकाे छ।
फरार व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। ती युवाले युवतीलाई किन एसिड प्रहार गर्न खोजेका हुन् भन्ने विषय अहिले खुलेको छैन।

नेपाल कर्म । ५ श्रावण २०८०, शुक्रबार २०:१५