ट्याक्टर दुर्घटनामा गम्भीर घाइते दैलेखका शर्माकाे मृ्त्यु

दैलेख । ट्याक्टर दुर्घटनामा गम्भीर घाइते एक जनाको उपचारकाे क्रममा मृत्यु भएको छ । गएकाे जेठ ३१ गते राती तल्लो डुंगेश्वरबाट दुल्लुतर्फ जाँदै गरेको प्रदेश १ ०२ ००३ त २८२६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिकाको वडा नम्बर १ गाडापानीमा  दुर्घटना भएको हो ।



याे पनि पढ्नुहाेस् : दैलेखमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका दुल्लु नगरपालिका–५ का १९ वर्षीय भरत शर्माकाे उपचारकाे क्रममा शुक्रबार विहान मृत्यु भएकाे हाे । करिव एक महिनासम्म नेपालगञ्ज मेडिकल कलेज बाँकेमा उपचार गराएपनि सुधार नभएपछि विहान ५ बजे मृत्यु भएकाे स्थानीय भिम थापाले नेपालकर्मलाइ जानकारी दिए । दुर्घटना लगत्तै फरार रहेका चालक हालसम्म पनि पक्राउ परेका छैनन् । दुर्घटनामा एक जनाकाे यसअघि नै मृत्यु भएकाे थियाे भने तीन जना गम्भीर घाइते थिए ।

तपाईको प्रतिक्रिया