दलित आन्दोलनलाई डा. केसीको समर्थन

दलित समूदायको विकासमा लगानी गरेर मात्रै जातिय विभेदको अन्त्य हुन्छ : डा. केसी

सुर्खेत । दलितका लागि दलित आन्दोलन नेपालालाई डाक्टर नवराज केसीले समर्थन जनाएका छन्। बाल रोग विषशज्ञ डाक्टर केसीले आइतबार फेसबुकमा एक फोटो सेयर गर्दै समर्थन जनाएका हुन्।



केही दिन अगाडी अभियन्ता तथा दलितका लागि दलित आन्दोलन नेपालका संयोजक खगेन्द्र सुनारलाई प्रहरीले प्रकाउ गरेको थियो। पक्राउ परेर प्रहरी हिरासतका रहेका सुनार बिरामी परेर अस्पताल भर्ना भएपछि लेखक तथा समाजिक अभियन्ता समेत रहेका डा. केसीले दलितका पक्षमा समर्थन जनाएका हुन्।

साथै उनले दलित कागजी घोषणाले नभई समूदायको विकासमा लगानी गरेर मात्रै जातिय विभेदको अन्त्य हुने बताएका छन्।

उनले लेखेका छन्, ‘जातिय विभेद अन्त्य नगरी मानव विकास सम्भव छैन्। युगौदेखि अवसर/अभावमा कर्णालीको जनसंख्याको करिव २२ प्रतिशत दलित समुदायको विकास/विचार नगरी हाम्रो प्रदेशको उथ्थान कसरी होला?’

यस्तै, डा. केसीले प्रहरी नियन्त्रण मै आमरण अनसनमा रहेका नागरिक अगुवा खगेन्द्र सुनार लगायत सम्पूर्ण दलित समुदायसँग शान्तीपूर्ण र सृजनात्मक ‘दलित विकास केन्द्रीत योजना’ निर्माण गर्न कर्णाली प्रदेश सरकारलाई अनुरोध गरेका छन्।

 थप समचार

बजेटमा दलित समुदायलाइ नसमेटेको भन्दै प्रदेश सभा अघि लाठी लिएर प्रदर्शन

दलित समुदाय र प्रहरीविच झडप, १० प्रहरी घाइते

हिरासतमै अनसन बसेपछि दलित अभियान्ता सुनार अस्पताल भर्ना

तपाईको प्रतिक्रिया