वीरेन्द्रनगरमा मोटसाइकल दुर्घटना, केसीको उपचारको क्रममा मृत्यु

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते दिपेश केसीको उपचारको क्रमम मृत्यु भएको छ । घण्टाघर चोकबाट कोष तथा लेखा नियन्त्रक कार्यालयहुँदै ईत्रामतर्फ जाँदै गरेको मोटरसाईलक भुकम्प मापन केन्द्र पश्चिमतर्फको सडक विचमा रहेको डिभाइडरमा ठोक्किदा गम्भीर घाइते केसीको मृत्यु भएको हो ।



भे ६ प ३९१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनाहुँदा नारायण नगरपालिका–२ दैलेख स्थायी ठेगाना भएका तर हाल वीरेन्द्रनगर–७ ईत्राम सुर्खेतमा बस्दै आएका ३० वर्षीय केशी गम्भीर घाइते भएका थिए ।

दुर्घटना लगत्तै घाइते केसीको उद्दार गरेर उपचारका लागि माया नर्सिङ होममा लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि प्रदेश अस्पताल कालागाउँ रिफर गरिएको थियो । तर प्रदेश अस्पताल पु¥याए लगत्तै उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

उनकाअनुसार प्रहरीको प्रारम्भीक अनुसन्धानमा मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको खुलेको छ । घटनास्थलमा प्रहरी पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया