वीरेन्द्रनगरको कोलेनिका चोकमा मोटरसाइकल दुर्घटना, चालकको अवस्था गम्भीर

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भएको मोटरसाइकल दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । घण्टाघर चोकबाट कोष तथा लेखा नियन्त्रय कार्यालयहुँदै ईत्रामतर्फ जाँदै गरेको मोटरसाईलक सडक विचमा रहेको डिभाइडरमा ठोक्किदा एक जना गम्भीर घाइते भएका हुन् ।



भे ६ प ३९१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनाहुँदा नारायण नगरपालिका–२ दैलेख स्थायी ठेगाना भएका दिपेश केशी गम्भीर घाइते भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

दुर्घटना लगत्तै घाइते केसीको उद्दार गरेर उपचारका लागि माया नर्सिङ होममा लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि प्रदेश अस्पताल कालागाउँ रिफर गरिएको छ । घटनास्थलमा प्रहरी पुगेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया