वीरेन्द्रनगरको तापक्रम ४० डिग्री नजिक : पानी पर्ने सम्भावना कम

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको तापक्रम ३९.४ डिग्री मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार अझै केही दिन गर्मी बढ्ने र तपक्रम पनि बढ्ने सम्भावना छ ।
याे पनि पढ्नुहाेस् : अरब सागरमा बन्याे चक्रवाती तुफान, प्रचण्ड गर्मीमा नेपालमा कति राहत ?



वीरेन्द्रनगरको न्युनतम तापक्रम २३.३ डिग्री छ । पश्चिम नेपालमा अझै पाँच दिनसम्म वर्षात हुने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झा बताउँछन् ।

२०६९ जेठ ३२ गते वीरेन्द्रनगरकाे तापक्रम ४२.८ डिग्रीसम्म पुगेकाे थियाे भने २०७१ साउन ३० गते सुर्खेतमा ४२३.१ मिलिमिटर वर्षा भएकाे रेकर्ड माैसम पूर्वानुमान महाशाखासँग रहेकाे छ ।

‘पहाडी र हिमाली क्षेत्रका केही स्थानमा दिउँसोपछि चट्याङ्गसहित हल्का वर्षात हुनसक्छ,’ मौसविद् झा भन्छन्, ‘सुर्खेत आसपास र तराईमा अझै वर्षातको सम्भावना नरहेकाले केही समय गर्मी अझै बढ्न सक्छ ।’

नेपालको पूर्वी क्षेत्रमध्य पश्चिम नेपालमा अझै गर्मी बढ्ने सम्भावना बढी रहेको मौसमविदहरुले बताएका छन् । यस्तै, जुम्लाको अधिकतम तापक्रम २७.४ डिग्रीहुँदा न्यूनतम तापक्रम ९ डिग्री रहेको छ ।

जुम्लामा ०.२ मिलिमिटर वर्षा भएको छ । नेपालगञ्जमा ४०.८, धनगढीमा ४०.६, दिपायलमा ३९.५, डडेलधुरामा २९.२ र घोराहीमा ३७.५ डिग्री तापक्रम मापन भएको छ ।

तपाईको प्रतिक्रिया