आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी

सुर्खेत । आज आमाको मुख हेर्ने दिन । अर्थात मातातीर्थ औँसी । आमाप्रति सम्मान र आदर गरी आशीर्वाद लिएर देशैभरी मातातीर्थ औँसी मनाइँँन्छ । आमा संगै हुने छोरा छोरीले विहानै उठेर नुहाई आमालाई मिठा मिठा खानेकुरा खुवाई उपहार दिएर आमाको मुख हेर्ने र आशिर्बाद लिने गरिन्छ ।



भनिन्छ साहुको ऋण तिर्न सकिन्छ तर आमाको दुधको भारा तिर्न गाह्रो हुन्छ । त्यसैले सन्तान खराब हुन सक्छन् तर आमा सन्तानका लागी कहिल्यै खराब हुन सक्दिनन् । भन्ने गरिन्छ आमा भन्दा ठोलो संसारमा केहि हुदैन, ।
आमा प्रति विशेष सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । घर परिवरबाट टाडा रहेका छोरा छोरीले आमाको न्यानो मायाको न्यास्रो लाग्नेहरुलाइ आमाको माया महत्व अति हुने गर्दछ ।

विवाह गरेर गएका छोरीहरुलाई त झन आमाको अभाव खट्कि रहन्छ । आमाको मुख हेर्न टाडा टाडाबाट भेट्न जानेगरिन्छ । आमालाई भेट्न नपाउनेहरुले फोनबाट वा सामाजिक सञ्जालबाट आमालाई सम्झिने गरिन्छ ।
पौराणिक कालदेखि मनाउदै आएको यस आमाको मुख हेर्ने दिन आमाले गरेका दुखकष्टहरु सम्झने गरिन्छ । सन्तानलाई नौ पहीनासम्म गर्भमा राखी जिवन दिने आमाको महत्व बढी छ । त्यसैले बाबा भन्दा आमाको महत्व हुने गर्छ ।

तपाईको प्रतिक्रिया