वीरेन्द्रनगरको उत्तरी जलाधारको वनमा फैलियो डढेलो

सुर्खेत । वीरेन्द्रनगरको उत्तरी जलाधारको जंगलमा पुनस् डढेलो लागेकोे छ । वीरेन्द्रनगर(४ मा पर्ने भैरम सामुदायिक वनको चौतारीको खोल्सा क्षेत्रमा डढेलो फैलिएको हो ।



त्यहीँ क्षेत्रमा मंगलबार साँझ डढेलो लागेपछि वनका पदाधिकारीसहितको टोलीले गएराती १२ बजे आगो नियन्त्रणमा लिएका थिए । तर बुधवार विहानबाट पुनस् जंगल क्षेत्रमा आगो फैलिन थालेपछि कर्मचारी खटाएको भैरम सामुदायिक वन उपभोक्ता समितिका कार्यवहाक अध्यक्ष ईन्द्रा चालिसेले जानकारी दिईन् ।

उनकाअनुसार गढीबाट थप स्थानीय डढेलो लागेको क्षेत्रमा खटिएका छन् । आगो नियन्त्रणमा लिन नसकिएमा थप जनशक्ति पठाउने चालिसे बताउँछिन् । उनले निभाई सकिएको आगो ढलेको काठबाट फैलिन सक्ने जोखिम रहेको बताईन ।
वीरेन्द्रनगर उपत्यकामा भूमिगत खानेपानीको प्रमुख वन क्षेत्रमा पटक पटक आगो लाग्दा सरोकारवाला निकाय मौन बसेका छन् । सुर्खेत दैलेख सडक खण्डको घाम ताप्ने डाडाको आसपासमा लागेको डढेलो चार दिनदेखि नियन्त्रणमा आउन सकेको छैन् ।

तपाईको प्रतिक्रिया