दैलेखकाे पेट्राेलियम पदार्थ उत्खनन मात्रै भनि राख्ने की काम पनि गर्ने : सांसद थापा (भिडियाे)

सुर्खेत । दैलेखमा रहेकाे पेट्राेलियम पदार्थ वर्षाैंदेखि उत्खननका लागि ठाेस उपलव्धी नभएपछि सांसद अमर थापाले संसदमा सरकारकाे ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाकाे शुन्य समयमा बाेल्दै दैलेखबाट प्रतिनिधित्व गर्ने सांसद थापाले बजेटमा जहिले पनि समेट्ने तर प्रभावकारी काममा सरकारले चासाे किन नदेखाएकाे भन्दै प्रश्न गरेका हुन् ।



चिनियाँ कम्पनी काम गर्न खाेजिरहेकाे तर ठूला साधन दैलेखसम्म पुर्याउन कठिनाइ भइरहेकाले थापाले बताए । ५० टनसम्मका गाडी लैजानु पर्ने र अहिलेकाे सडक प्रयाप्त नरहेकाले सडक निर्माणमा सरकारले छिटाे काम थाल्न सरकारलाई उनले आग्रह गरे । सवारी साधन नजाँदासम्म विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गर्न नसकिने भएकाले त्यसतर्फ ध्यान पुर्याउन सरकार गम्भीर हुनुपर्ने उनकाे माग छ ।

४५ राेपनी जग्गा अधिकरणकाे काम अघि बढी रहेकाले सांसद थापाले जानकारी दिए । उनले सरकारले ल्याउने बजेटमा जहिले पनि खानी भन्ने तर काम गर्नेगरी पूर्ण रुपमा नआउने भएकाले काम समयमै सक्नमा सरकार गम्भीर नभएकाे टिप्पणि गरे ।

दैलेखकी जनताकाे लागि मात्रै नभएर देशकै गाैरवकाे आयाेजनालाई यथाशिघ्र उत्खनन सक्नेगरी सरकार लाग्नु पर्ने थापाले बताए ।

तपाईको प्रतिक्रिया