एमाले पञ्चपुरीको अध्यक्षमा भीमबहादुर रावत

सुर्खेत । नेकपा एमाले पञ्चपुरी नगरपालिकाको नगर कमिटीको अध्यक्षमा भिम बहादुर रावत निर्वाचित भएका छन । अध्यक्ष पदका अर्का उम्मेदवार शान्तिराज खराललाई ३७ मतले हराउँदै रावत अध्यक्षमा निर्वाचित भएका हुन । निर्वाचित अध्यक्ष रावतले १ सय २४ मत प्राप्त गर्नुभएको छ भने खरालले ८७ मत प्राप्त गरेका छन । उपाध्यक्षमा रमेश बौडेलले १ सय १४ मत प्राप्त गर्नुभएको छ भने शेरबहादुर थापाले ९३ मत प्राप्त गरेका छन ।



त्यसैगरी सचिवमा होम बहादुर रामजालि १ सय ११ मत प्राप्त गरि निर्वाचित भएका छन भने झक्की सिजापतिले ९९ मत प्राप्त गगरेका  छन । उप सचिब पुरुष तर्फ पदमराज रिमाल १ सय १ मत प्राप्त गरि निर्वाचित भएका छन भने कबिराज माझीले ७८ मत प्राप्त गरेका हुन । महिला उपसचिव तर्फ गिता बिकले १ सय १ मत प्राप्त गरि बिजयी भए भने पबित्रा बुढाले ८७ मत ल्याएका छन । शनिबार साँझ भएको मतदानमा २ सय १९ प्रतिनिधि मध्ये २ सय १६ जनाले मतदान गरेका थिए । निर्वाचित टिमको सपथ ग्रहण आइतबार बिहान ७ बजे हुने निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया