भीरबाट खसेर मृत्यु

सुर्खेत ।  रूकुम पश्चिममा एक जनाकाे भीरबाट खसेर मृत्यु भएकाे छ । आठबिसकोट नगरपालिका-४ ढुङ्गा खानी भन्ने स्थानमा घर छाउने ढंगा निकाल्न गएका साेही ठाउँका ६० वर्षीय हिरे कामकाे भीरबाट खसेर मृत्यु भएकाे हाे ।



साथीहरुसँगै घर छाउने ढुंगा निकाल्न गएका हिरे ढुङगाखानीबाट तल खसेका थिए । भीरबाट खसेर वेपत्ता भएकाे खवर प्रहरीले दिएपछि प्रहरीले उनकाे शव निकालेकाे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।उनी खानीस्थलदेखि करिब सातसय मिटर तल भिरमा खसेकाे र डोरीको सहायताले शव निकालिएको  कार्यालयकाे भनाई  छ ।

तपाईको प्रतिक्रिया