सुर्खेत । सुर्खेत प्रहरी कार्यालयले सचेतनामूलक कार्यक्रम गरेको छ। सोमबार ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत वीरेन्द्रनगरको एक निजी विद्यालयमा उक्त कार्यक्रम गरेको हो ।

प्रहरीले वीरेन्द्रनगर नगरपालिका–९ मा रहेको सुर्योदय बोर्डीङ स्कुलमा‘ विद्यालयका निर्देशक डा. दल हादुर गुरुङको अध्यक्षतामा पछिल्लो समय सामाजिक सन्जालको प्रयोग, साईबर अपराध सम्बन्धी जनचेतना र लागूऔषध र यसले पार्ने प्रभाव बारे सचेतनामूलक कार्याक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा शिक्षकहरु, सोही विद्यालयका कक्षा ८ देखी १० सम्मका ६० र ६५ जना विद्यार्थीहरु कार्यक्रमा सहभागी भएका प्रहरी सहायक निरीक्ष बिनोद कार्कीले जानकारी दिए ।


कार्कीका अनुसार बढ्दो सामाजिक सन्जालको प्रयोग साईबर अपराध बुलिङ् र लागुऔषधको प्रभाव बारे सचेतनामुलक भिडियो प्रर्दशन प्रशिक्षण कार्यक्रम गरि ‘विद्यालय लालटिज समुह’ गठन गरिएको छ ।

नेपाल कर्म । २५ बैशाख २०८१, मंगलवार १६:४५