सुर्खेत । विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेका तर फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लेनदेन मुद्दामा कैद सजाय गरिएका वीरेन्द्रनगर–६ वीरेन्द्रचोक बस्ने ३८ वर्षीय सीता थापालाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई सुर्खेत जिल्ला अदालतले एक वर्ष ६ महिना कैद फैसला तोकिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

दैलेखमा बैंकिङ कसुर मुद्दामा फरार रहेका नरबहादुर पुन मगर पनि पक्राउ परेका छन् । दाङ अदालतले फैसला गरेको तर लामो समयदेखि लुकेर बसेका उनलाई नियन्त्रणमा लिएर दाङ तुलसिपुरमा बुझाउन प्रहरी टोली गएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


नेपाल कर्म । २४ जेष्ठ २०८०, बुधबार ०९:०३