जुम्लामा भिरबाट हाम फालेर ७० भेडा मरे

सुर्खेत । जुम्लामा भिरबाट हाम फालेर ७० भेडा मरेका छन् । भेडाहरुको बथानमा भालु पसि भेडालाई तर्साउँदा एउटा भेडाले भिरबाट हाम फालेपछि बाँकी सबै १ सय २ वटै भेडाले हाम फालेका थिए ।



जुम्लाको तातोपानी गाउँपालिका ७ बारागाउँको थुमलचौरमा गएराती अन्दाजी २ बजेतिर बसि रहेका भेडाहरुको बथानमा भालु पसेको थियो । बारागाउँका स्थानीय मगे रावत र सिउल रावतका १०२ भेडा मध्ये थुमलचौरको भिरबाट हाम फालेर ७० भेडा मरेको भेटिएका छन् । भने ३१ भेडा बेपत्ता हुनुको साथै १ पाठो मात्रै जिउँदै भेटिएको तातापानी ४ का वडाअध्यक्ष अमर रोकायाले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया