सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध (ब्राउनसुगर)सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिशाल सार्की, सन्दिप सार्की रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक बीरेन्द्रबीर विश्वकर्माले जुम्लाको चन्दनाथ नगरपालीका–४ घर भएका हाल वीरेन्द्रनगर नगरपालीका–१० बस्ने २४ बर्षका बिशाल सार्की र सोही ठाउँ बस्ने सन्दिप सार्की रहेका जानकारी दिए ।


प्रहरीका अनुसार शंकास्पद रुपमा फेलापारी उनिहरूलाई चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट २१० मिलिग्राम लागूऔषध (ब्राउनसुगर) जस्तो धुलो पदार्थ बरामद बरामद गरिएको हो ।
उनिहरु दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएका छ ।

भावना राेकाया । २४ बैशाख २०८१, सोमबार १६:४६