कर्णाली सरकारले माग्यो पत्रकारिता पुरस्कारका लागि आवेदन

सुर्खेत । कर्णाली प्रदेश सरकारले पत्रकारिता पुरस्कारका लागि आवेदन माग गरेको छ । आन्तरीक मामिला तथा कानुन मन्त्रालयले सोमबार सूचना प्रकाशन गर्दै इच्छुक प्रत्रकारलाई २१ दिनभित्र आवेदन पेश गर्न भनेको छ । मन्त्रालयले प्रदेश पत्रकारिता पुरस्कार वितरण कार्यविधि–२०८१ बमोजिम पुरस्कार प्रदान गर्ने जनाएको छ ।



‘कर्णाली प्रदेश पत्रकारिता पुरस्कार वितरण कार्यविधि, २०८० बमोजिम पुरस्कार प्राप्त गर्न इच्छुक पत्रकारले कार्यविधिको दफा ३ बमोजिम देहायको ठेगानाको विद्युतीय प्रणाली मार्फत २१ (एक्काइस) दिनभित्र निवेदन दिनुहुन र सो सम्बन्धी विस्तृत जानकारीका लागि मन्त्रालयको वेबसाइट https://moial.karnali.gov.np/np/ मा राखिएको कार्यविधि अध्ययन गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

हेर्नुहाेस् सूचना ।

तपाईको प्रतिक्रिया