इ–सेवाको सहयोगमा शिखरले थाल्यो ‘होम इन्स्योरेन्स’

सुर्खेत । वीरेन्द्रनगरमा इ–सेवाको सहयोगमा शिखर इन्स्योरेन्सले घरको बीमा गर्ने कार्यक्रमको थालनी गरेको छ। भविश्यमा विपत् बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै ‘होम इन्स्योरेन्स’को कार्यक्रम थालनी गरिएको हो।



युएसएआईडी (तयार नेपाल)सँगको सहकार्यमा शिखर इन्स्योरेन्सले इ–सेवाबाट अनलाईनको मार्फत घरमै बसेर आफ्नो घरको बीमा गर्ने कार्यक्रममा ल्याएको हो। घरको बीमा गरेकाहरूले आफ्नो घरमा भूकम्प, बाढीपहिरो, आगलागी र चोरी÷डकैतीबाट क्षती पुगेको खण्डमा बीमा दाबी गर्न सक्नेछन्।

तयार नेपालका प्रतिनिधि विनोदकुमार बराईली पाँच वर्षदेखि विपत् व्यवस्थापनमा काम गर्दै आएको बताए। उनले कोरोना महामारी, विपत् व्यवस्थापन सम्बन्धि जानकारी गराउने र लगानी बढाउने काम तयार गरिरहेको बताए। उनले भने, ‘बीमाले विपत् व्यवस्थापनमा पनि महत्त्वपूर्ण भुमिका खेल्ने गर्दछ। त्यसैमा घरको पनि बीमा गर्ने हो। भने धेरै फाइदा हुन्छ।’

साथै बराईलीलले कृषिका विकासका लागि कृषी बीमामा सरकारले ८० प्रतिशत सहयोग गरेपनि उक्त बीमा कार्यक्रम प्रभावकारी नभएको बताए।

यस्तै, शिखर इन्स्योरेन्सका प्रतिनिधि गणेश जोशीले शिखर देशको अग्रणी अवस्थामा रहेको र कर्णाली प्रदेशका १० वटै जिल्लामा शाखा स्थापना भएका जानकारी दिए।

साथै जोशीले शिखर इन्स्योरेन्सको २०५४ सालमा वीरेन्द्रनगरमा स्थापना गरि सेवा सञ्चालन गरिहरहेको बताए। उनले भने, ‘जोखीम हस्तान्तरण गर्ने काम नै बीमा हो। इ–सेवालाई अवसरको लागि धन्यवाद दिन चाहान्छु। इ–सेवाको अनलाइन खोलेर घरबाटै घरको बीमा गर्ने सकिने व्यवस्था गरिएको छ।’

यस्तै, इ–सेवालेका प्रतिनिधि कमल सापकोटाले घरको बीमा गर्न धेरैलाई समस्या हुने भएकाले डिजिटलको माध्यमबाट व्यवस्थापन गर्नका लागि कार्यक्रमको थालनी गरिएको बताए। उनले भने, ‘हामी प्रविधिमा धेरै पछाडी छौँ। विदेश तिर मोबाइलको समेत बीमा हुन्छ। त्यसैले हामीले पहिलो पट्क वीरेन्द्रनगरबाट यो सुविधा ल्याएका छौँ।

साथै सापकोटाले वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतकी सुनिता थापाले आफ्नो घरको बीमा गरेर होम इन्स्योरेन्सको थालनी गरेको बताए।

उनका अनुसार सुनिताले ५० लाखको घरको बीमा गरेकी छन्। उनको घरमा रहेको विद्युतिय सामानको एक लाख, फर्निचरका सामानहरुको २ लाख, पानी ट्याङ्कीहरुको २५ हजार गरेर जम्मा ५३ लाख २५ हजारको बीमा गरेकि हुन्।

सुनिताको घर पक्की भएका कारणले प्रत्येक वर्ष २१ सय ८८ रूपैयाँ बीमामा जम्मा गर्नुपर्ने छ। अन्य घरको प्रकार र आकृति अनुसार रकममा फकर पर्नेसक्ने इन्स्योरेन्सले जनाएको छ।

यस्तै, उक्त कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका नगरप्रमुख मोहनमाया ढकालले भविश्यमा आउन सक्ने जोखिमबाट बचाउनका लागि र विपत्को बारेमा जानकारी दिएर मात्रै इन्स्योरेन्स गर्नुपर्ने बताइन्।

उनले भनिन्, ‘शिखर इन्स्योरेन्स र इ–सेवासँग वीरेन्द्रनगरमा बढ्दै गएको हरीकरण र आउँन सक्ने कुनै जोखिमलाई न्युनिकरण गर्नका लागि सहकार्य गरेका छौँ। त्यसैले हामीले आफुलाई फाइदा लागि मात्रै काम गर्नुपर्छ। घरमा हुने विभिन्न प्रकारका विपत्को जोखिमबाट मुक्त र सुरक्षीत बनाउनका लागि यस कार्यक्रमले ठुलो उपलब्धि हासिल गर्नेछ।’

तपाईको प्रतिक्रिया