सुर्खेत । जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरू सार्वजनिक गरिएसँगै कर्णालीबासीको औषत आयु ७२ वर्ष पाँच महिनासम्म बाच्ने तथ्याङ्क सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालय, जनसंख्या शाखाले सार्वजनिक गरेको तथ्याङ्कले सबैभन्दा बढी कर्णाली प्रदेशमा मानिसहरु बाँच्ने देखाएको हो ।

कर्णाली प्रदेशमा पुरुषको भन्दा महिलाको औषत आयु सबैभन्दा बढी छ । जसमा ७५.५ रहेको छ । अहिले नेपालको कुल औषत आयु ७१.३ वर्ष पुगेको छ । पुरुषको ६८.२ रहेको छ भने महिलाको ७३.८ वर्ष रहेको छ । पुरुष र महिलाको मृत्युको ग्याप बढ्दै गएर करिब ५ वर्षले फरक छ ।
सबैभन्दा कम ६९.५ वर्ष लुम्बिनी प्रदेशमा रहेको छ । दोस्रोमा कोशी प्रदेशमा ७०.४, सुदूरपश्चिममा ७१.३, मधेस प्रदेशमा ७१.८, गण्डकी प्रदेशमा ७२.१, वागमती प्रदेशमा ७२.४ रहेको छ ।


सबैभन्दा कम महिलाहरुको औषत आयु लुम्बिनी प्रदेशमा ७२.५ वर्ष रहेको छ । हरेक उमेर समूहमा पुरुषको मृत्यु महिलाको भन्दा छिटो हुने गरेको तथ्यांकले देखाएको छ । २०३८ सालमा भने पुरुषको औषत आयु नेपालमा बढी रहेको थियो ।
सबैभन्दा बढी छोरी जन्माउने ठाउँ कर्णाली प्रदेश रहेको छ । कर्णालीमा सय जनामा ७९ जना महिलाले छोरीहरु जन्माएको देखिन्छ । सबैभन्दा कम मृत्युदर कर्णाली प्रदेशमा छ । कर्णाली प्रदेशमा कोरा मृत्युदर एक हजार जनामा ४.९९ रहेको छ ।

नेपाल कर्म । २३ बैशाख २०८१, आईतवार १६:३३