सुर्खेत । नेकपा एमाले वीरेन्द्रनगर कमिटीको अध्यक्षमा नवराज गुरुङ निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि सर्बसम्मतको प्रयास गरेपनि सहमति नजुट्दा अन्तत निर्वाचन गरिएको हो । गुरुङको अध्यक्षतामा सात सदस्यीय लेखा समितिसहित ८० जना निर्वाचित भएको निर्वाचन अधिकृत पूर्णप्रसाद पौडेलले जानकारी दिए ।

उनकाअनुसार उपाध्यक्षमा सहविर सुनार, सचिवमा दिनेश चपाई, उप–सचिवद्वयमा शन्तबहादुर सारु र गंगा बुढा निर्वाचित भएका छन् । सात सदस्यीय लेखा समितिको अध्यक्षमा पृर्थबहादुर खड्का निर्वाचित भएका छन् ।


अधिकाँश भूगोलतर्फ सदस्यमा सर्वसम्मत चयन भएको अधिकृत पौडेलले जानकारी दिए । अध्यक्षसहित सवै पदहरुमा गुरुङ र नन्दलाल शर्माले प्यानल घोषणा गरेर चुनावी मैदानमा उत्रिएका थिए ।

नेपाल कर्म । २२ बैशाख २०८१, शनिबार ०८:३१