दैलेखी चेली गायिका शाहीले पाइन भारती इन्टरनेशनल अवार्ड

दैलेख : दैलेखमा जन्मेर लामो समयदेखि लोक तथा देउडा गीतबाट अफ्नो परिचय बनाएकी गायिका सपना शाहीले म्युजिक अवार्ड २०२४ बाट सम्मानीत भएकी छन् । प्रवासी साझा मञ्च भारतले चण्डीगढमा आयोजना गरेको विशेष सांगितिक कार्यक्रममा शाहीलाई भारती इन्टरनेशनल म्युजिक अवार्ड २०२४’ प्रदान गरिएको हो ।




उनलाई देउडा गीत तर्फको ‘फिमेल क्याटेगोरी’ तर्फ यस्तो अवार्ड दिइएको हो। दैलेख जन्मेर हाल बाँकेको कोहलपुरमा बस्दै आएकी शाही अहिले काठमाडौंमा रहेर सांगीतिक क्षेत्रमा काम गरिरहेकी छन् ।

शाहीले गाएको तीन चुलिका अग्ला शीर बोलको देउडा गीतबाट उनलाई अवार्ड प्रदान गरिएको हो। उक्त गीतमा शब्द नेमबहादुर शाही र लय धिरेन्द्र शाहीको रहेको छ।

अन्तराष्ट्रिय स्तरको अवार्डले आफुलाई अझ उत्साही बनाएको र जिम्मेवारी थपेको भन्दै संगीत क्षेत्रमा अझ बढि साधना गर्ने उनको भनाई छ । विभिन्न स्टेज शोहरुमा बाक्लै देखिने शाहीका झण्डै तीन दर्जन गीत रेकर्ड छन् ।

चण्डीगढको अवार्ड कार्यक्रममा नेपालबाट गएका झण्डै तीन दर्जन कलाकारहरुलाई विभिन्न विधामा सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया