सञ्चार जगतले खेलेको भूमिका प्रशंसनीय : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले नेपालमा लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा सञ्चार जगतले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन्। शुक्रबार विश्व प्रेस स्वतन्त्रता दिवस २०२४ को अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन्।



मुख्यमन्त्री कँडेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि विभिन्न कालखण्डमा भएका संघर्षहरुमा आफ्नो अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण सञ्चारकर्मीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण समेत गरेका छन्।

यस्तै, कँडेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण र मजबुत पक्ष भएको बताएका छन्।

उनले भनेका छन्, ‘प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा होइन, नागरिकहरूको सूसुचित हुन पाउने संवैधानिक हकलाई प्रचलनमा ल्याउने महत्वपूर्ण माध्यम पनि हो। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकारिता जगतलाई व्यवसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्वसनीय सूचना सम्प्रेषण मार्फत राष्ट्र र जनताको सेवामा समर्पित हुने प्रेरणा प्रदान गरोस भन्ने शुभकामना दिन चाहान्छु।’

तपाईको प्रतिक्रिया