श्रम तथा रोजगार कार्यालय सुर्खेतले मनायो अन्तर्राष्ट्रिय मजदुर दिवस

सुर्खेत । श्रम तथा रोजगार कार्यालय सुर्खेतले बुधबार १३५औँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएको छ। ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ श्रम तथा रोजगार कार्यालयले मजदुर दिवस मनाएको हो।



श्रम तथा रोजगार कार्यालय सुर्खेतले बिहान मंगलगढीदेखि मध्यपश्चिम विश्वविद्यालयको सभाहलसम्म प्रभातफेरी कार्यक्रम समेत गरिएको थियो।

श्रम तथा रोजगार कार्यालय सुर्खेतका कार्यालय प्रमुख श्रीसम्सेर रानामगरले मजदुर दिवसको अवसरमा बुधबार बिहान प्रभातफेरी कार्यक्रम, त्यसपछि प्रभात फेरी कार्यक्रम गरिएको जानकारी दिए।

उक्त कार्यक्रममा श्रमिकहरू, श्रम तथा मजदुरसँग सम्बन्धित विभिन्न संघ संगठनका प्रमुख तथा प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक जिल्ला प्रमुख अधिकारी नारायण पाण्डेय लगायतको सहभागीता रहेको थियो।

तपाईको प्रतिक्रिया