श्री एयरलाइन्सले सुर्खेतका लागि दुई उडान भर्ने

सुर्खेत । निजी हवाई सेवा प्रदायक कम्पनी श्री एयलाइन्सले वैशाख २४ गतेबाट दैनिक दुई उडान भर्ने भएको छ । श्रीले एक सूचना जारी गर्दै हाल विहान मात्रै भर्दै आएको उडान दिउँसो पनि गर्ने जनाएको छ ।




सुर्खेत–काठमाण्डौं दैनिक एक उडान भर्दै आएको श्रीले उडान थप गरेपछि हवाई टिकट सस्तो पर्ने जनाइएको छ । श्रीएयरले बृद्धको एकाधिकार तोडेसंगै सुर्खेतमा टिकट दर कम भएको थियो । हाल बुद्ध एयरले दैनिक दुई उडान भर्दै आएको छ ।

तपाईको प्रतिक्रिया