मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा गौतम नियुक्त

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेका छन् । विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रा.डा. ध्रुवकुमार गौतमलाई नियुक्त गरेका हुन् ।



गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक हुन् । सरकारले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसका लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको संयोजकत्वमा समिति बनाएको थियो ।

छनोट तथा सिफारिस समितिले प्रा.डा.ध्रुवकुमार गौतम, प्रा.डा. नन्दबहादुर सिंह र प्रा.डा. देवबहादुर खड्काको नाम सिफारिस गरेको थियो ।

समितिले १२ र १३ वैशाखमा उम्मेदवारको प्रस्तुति तथा अन्तर्वार्ता सञ्चालन गरेको आधारमा सिफारिस गरेको थियो । समितिले सिफारिस गरेकामध्ये योग्यताक्रमको आधारमा कुलपतिले उपकुलपति नियुक्त गर्ने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया