मजदुर दिवसको पूर्वसन्ध्यामा अन्टुफ प्रभातफेरी

१३५ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको पूर्वसन्ध्यामा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) ले सोमबार काठमाडौंमा प्रभातफेरी आयोजना गरेको छ ।




अन्टुफका अध्यक्ष जगतबहादुर सिम्खडालगायतको सहभागीमा आयोजित प्रभातफेरी भृकुटीमण्डप, शहीद गेट, विर अस्पताल, शान्तिवाटीका, रत्नपार्क हुँदै भृकुटीमण्डप चोक पुगेर कोणसभामा परिणत भएको थियो ।

तपाईको प्रतिक्रिया