लागुऔषधसहित चार जना पक्राउ

सुर्खेत । लागुऔषध ल्याउदै गरेको अबस्थामा सुर्खेत प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले सुर्खेतको दुई ठाउँमा गरेको चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरको हो ।



पक्राउ पर्नेमा नरेन्द्र ठाँडा मगर, दुर्ग बहादुर अधिकारी, कमल बयक र जनक चलाउने रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक बीरेन्द्र बीर विश्वकर्माले जानकारी दिए ।

पक्राउ परेका २७ बर्षीय ठाँडा मगर र ३८ बर्षीय अधिकारी वीरेन्द्रनगर–७ का हुन भने १९ बर्षीय वयक पञ्चपुरी नगरपालिका–७ तथा २० बर्षीय चलाउने लेकबेशी नगरपालिका–३ सुर्खेतका हुन् ।

उनीहरुले मोटरसाईकलमा नेपालगञ्जबाट लागुऔषध वीरेन्द्रनगरतर्फ ल्याउदै गर्दा रत्नराजमार्गको तोलीखोला र सानो ब्यूरेनीमा प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको प्रवक्ता विश्वकर्माले बताए ।

उनीहरुले चलाएको मोटरसाईकल कर्णाली प्रदेश ००६३९२ र कर्णाली प्रदेश ०२–००१ प ७२२३ समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पेट्रोल हाल्ने प्वालमा भ्यासस्लिङको डिब्बामा लुकाई ल्याएको नौ ग्राम लागू औषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो फेला परेको प्रवक्ता विश्वकर्माले जनाए । चार जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको कार्यालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया