इलाम २ मा ११ बजे बाट मतगणना शुरु हुने

इलाम । इलाम २ मा बिहान ११ बजे बाट मतगणना शुरु हुने भएको छ। आइतबार बिहान गौतम बुद्ध सभा हलमा बसेको सर्वदलीय बैठकले ११ बजे मतगणना थाल्ने निर्णय गरेको हो ।



मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले फाकफोकथुम गाउँपालिकाबाट मतगणना शुरु गर्ने जानकारी दिए। त्यसपछि क्रमशस् चुलाचुली, माङ्सेबुङ, माई, देउमाई र इलामको मतगणना हुनेछ।

मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर ११ वटा सीसीटीभी जडान गरिएको छ। मतगणनाको नतिजा इलाम चोक बजारको ‘डिस्प्लेमा समेत देखाउने तयारी गरिएको छ।

 

तपाईको प्रतिक्रिया