दैलेखमा सञ्चालन ल्याएको सेवाग्राही  प्रमुख जिल्ला अधिकारी कार्यक्रम प्रभावकारी बन्दै

दैलेख – दैलेखमा सञ्चालन ल्याएको प्रमुख जिल्ला अधिकारी कार्यक्रम प्रभावकारी बनेको छ। दैलेखका  जिल्ला प्रमुख अधिकारी खिमराज भुसालले आइतवारदेखि हरेक दिन दिउँसो १ बजे सेवाग्राही भएकै ठाउँमा पुगेर पिरमर्का, गुनासो वा असन्तुष्टि सुन्ने र प्रक्रियागत झन्झटलाई सहज गरी सेवाग्राहीको काम गरी पठाउने दैनिक तालिका बनाएर काम थाल्नुभएको छ ।



गुराँस गाउँपालिका–६ जोरेबाँझकी खगिसरा नेपालीले आफ्नो राष्ट्रिय परिचयपत्र बनाउन भइरहेको समस्या सुनाएपछि सहजै समाधान भएको बताउनुभयो । दैलेख उद्योग वाणिज्य सङ्घका महासचिव प्रकाश पौडेलले ‘सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी’ कार्यक्रम मौलिक र सराहनीय प्रयास भएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी भुसालको पहलमा गएको फागुन ४ गते विकासका लागि संवाद कार्यक्रम गरेर दैलेखको पेट्रोलियम अन्वेषण, मध्यपहाडी राजमार्ग, राकमको नयाँ शहर आयोजनाको कामलाई गति दिन आवश्यक प्रयास अगाडि बढेको थियो ।

तपाईको प्रतिक्रिया