सुर्खेत । जिल्ला प्रहरी कार्यालयले सुर्खेतले विभिन्न सचेतनामुलक कार्यक्रम गरेको छ ।

शुक्रबार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सर्खेत मातहतका समुदायिक प्रहरी सेवा केन्द्र,अस्थायी प्रहरी पोष्ट पाम्का तथा अस्थायी प्रहरी पोष्ट लगाम र सुर्खेतद्धारा विभिन्न गाँउ र टोल लालटिन समिति गठन गरी लागुऔषध दुर्व्यसनी न्यूनिकरण सम्बन्धी सचेतना र हालको समयमा बढ्दो आगलागी न्यूनिकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।


कार्यक्रम स्थानिय नागरीकहरुलाई बढ्दो लागुऔषध दुर्व्यसन र आगलागीको न्यूनिकरणको पुर्व तयारी तथा सावधानी बारे जानकारी गराइएको थियो ।

भावना राेकाया । १५ बैशाख २०८१, शनिबार १७:०५