दैलेख । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको तेस्रो अधिवेशन सुरु भएको छ । शनिवार प्रदेश समितिको आयोजना र पत्रकार महासंघ शाखा दैलेखको आथित्यतामा देलेखको ऐतिहासिक क्षेत्र गढीमा अधिवेशन सुरु भएको हो ।


गणेश चोकबाट सुरु भएको प्रभात र्याली स्वर्गीय प्रत्रकार डेकेन्द्र थापाको सालिकमा माल्यार्णपण पश्चात् बजार परिक्रमा गरी कार्यक्रम स्थल गढी प्रवेश गरेको थियो । अधिवेशनको उद्घाटन प्रतिनिधिसभा सदस्य एवम् शिक्षा विज्ञान तथा प्रविधि समितिमा सभापति अमरबहादुर थापाले गरेका थिए ।
अधिवेशनमा १० वटै जिल्लाका पत्रकारहरुको सहभागिता रहेको छ ।


नेपाल कर्म । १५ बैशाख २०८१, शनिबार १०:४०