स्पेनिस ला लिगाको उपाधिनजिक रहेको रियल मड्रिडले रियल सोसिडाडमाथि संघर्षपूर्ण जित हात पारेको छ ।

गएराति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडमाथि १(० को संघर्षपूर्ण जित निकालेको हो । रियल मड्रिडको जितमा टर्किस युवा खेलाडी अर्दा गुलेरले गोल गरेका हुन् ।

खेलको २९औँ मिनेटमा अर्दा गुलेरले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १(० को अग्रता लिएको रियल मड्रिडले दोस्रो हाफमा भने गोल गर्न सकेन ।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल रियल मड्रिडले १(० को गोलअन्तरले जितेको हो । जितसँगै लिगको शीर्ष स्थानमा रहेको रियल मड्रिडको ३३ खेलबाट ८४ अंक भएको छ ।
लिगको दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३२ खेलबाट ७० अंक छ ।

नेपाल कर्म । १५ बैशाख २०८१, शनिबार ०८:४६