दक्षिण कोरियाले  नेपाली श्रमिकलाई दियो कार्यक्षेत्र परिवर्तनको अवसर

काठमाडौं। दक्षिण कोरियाले कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका नेपाली श्रमिकलाई कार्यक्षेत्र परिवर्तनको मौका दिएको छ ।



शुक्रबार जारी गरेको सार्वजनिक सूचनाका अनुसार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले  कृषि तथा पशुपालन र उत्पादनमूलक काममा रोजगारीमा लागि कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेका नेपाली युवाहरूलाई कार्यक्षेत्र परिवर्तन गर्ने कोरियाले अवसर दिने भएको हो ।

दक्षिण कोरियाले दिएको उक्त अवसर सदुपयोग गर्न चाहनेले आफूले चाहने सेवा क्षेत्रमा आवेदन दिन ईपीएस शाखाले भनेको छ ।

सार्वजनिक सूचनामा “कृषि तथा पशुपालन क्षेत्र र उत्पादनमुलक क्षेत्र तर्फको कोरियन भाषा परीक्षा (ईपीएस) उत्तीर्ण भई रोजगार आवेदन फाराम भरी रोष्टरमा रही रोष्टरको अवधि ३१ डिसेम्बर २०२४ भित्र सकिने व्यक्तिले कार्य क्षेत्रतर्फ रोष्टर परिवर्तन गर्न सकिने भनी नामावलीसहितको तालिका प्राप्त हुन आएकोले यसै साथ संलग्न सूचीमा नाम समावेश भएका र रोष्टरको अवधि सन् ३१ डिसेम्बर २०२४ भित्र समाप्त हुने ईच्छुक व्यक्तिहरुले वैशाख १८ सम्म आवेदन पेस गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया