सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् ।

बिहीबारको प्रदेश सभामा मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए ।

जसमा कँडेलले २३ मत पाएका हुन् । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र १ मत तटस्थमा परेको छ ।

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । सहभागीमध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १२ र एक सांसद तटस्थ बसे ।
एमाले संसदीय दलका नेता समेत रहेका कँडेललाई एमालेका ९, माओवादीका १३ र एकीकृत समाजवादीका एक सांसदले मत दिएका हुन् । कांग्रेसका १५ जना सांसदमध्ये संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने सांसद राजीव विक्रम शाह र जानकी सिंह संसद्मा उपस्थित भएनन् ।
कांग्रेसका १३ जना सांसदले विपक्षमा मतदान गरे भने भने राप्रपाकी सांसद सन्तोषी शाही मतदानमा सहभागी भइनन् ।

नेपाल कर्म । १३ बैशाख २०८१, बिहीबार १७:१८