सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजीमा काम र विज्ञापन नगर्न निर्देशन

काठमाडौं । सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा गएर काम गर्न र प्रचारप्रसार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोक लगाएको छ ।



बुधबार एक पत्र पठाउँदै कार्यालय समयमा आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको हो ।

मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले जारी गरेको सूचनामा निजीमा काममात्रै नभई उक्त प्रयोजनका लागि विज्ञापन तथा प्रचारप्रसार नगर्न पनि निर्देशन दिइएको छ ।

कार्यालय समयमा निजी क्षेत्रमा काम गरेको पाइएमा सरकारी स्वास्थ्यकर्मीलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया