क्यानले वेस्ट इन्डिज ए विरुद्व खेल्ने नेपाली टोलीकाे घोषणा

काठमाडौं । ऐतिहासिक नेपाल भ्रमणका लागि क्रिकेट वेस्ट इन्डिजले पाँच खेलको टी–ट्वेन्टी सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ। क्यानले आज रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको हो।



नेपालको टिममा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, अनिल साह, कुशल मल्ल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, ललित राजवंशी, आरिफ शेख र आकश चन्द छन्।

सिरिज आउँदो शनिबारदेखि बैशाख २२ गतेसम्म हुनेछ। पाँच खेलको टी(ट्वेन्टी सिरिजका लागि वेस्ट इन्डिजको ए टोली पनि बुधबार नेपाल आइपुगेको छ।

वेस्ट इन्डिजले सन् २०१६ को टी–ट्वेन्टी विश्वकप जित्दा टिममा रहेका तीन खेलाडी यो टिममा छन्। ​ वेस्टइन्डिजको टिमको कप्तानमा रोस्टन चेज र उपकप्तानमा एलिक एथानेज रहेका छन्।

त्यसैगरी टिममा फबिएन एलन, कदिप एलियन, जोसुवा विसोप, केसी कार्टी, जोसनस चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर माथ्यु फर्ड लगायत १४ उत्कृष्ट खेलाडी रहेका छन्।

तपाईको प्रतिक्रिया