सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–११, को नव निर्मित वडा कार्यालयको भवन उद्घाटन गरिएकाे छ । वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले भवनको उद्घाटन गरेकी हुन् ।

भवन उद्घाटन भएसँगै लामो समय भाडाको घरबाट सञ्चालन हुँदै आएको वडा कार्यालय आफ्नै भवनमा सरेको हो । भवनको उद्घाटन गर्दै नगर प्रमुख ढकालले नागरिकले प्रत्यक्ष अनुभुत हुने गरी बिना झन्झण्ट सेवा प्रवाह गर्नुपर्नेमा जोड दिइन ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का वडाध्यक्ष खिमलाल देवकोटाले भाडाको घरबाट सेवा प्रवाहमा असहजता भएपछि आफ्नै भवन निर्माण गरिएको बताए ।

आर्थिक वर्ष २०७७–०७८ बाट निर्माण थालिएको भवन चालु आर्थिक वर्षमा सम्पन्न भएपछि आफ्नै भवनमा सरेको वडा सचिव उत्तम अधिकारीले जानकारी दिए । उनले भवन निर्माणमा ७५ लाख खर्च भएको बताए ।
‘भाडाको घरमा कार्यालयहुँदा सेवा प्रवाहमा सकस भएको थियो,’ सचिव अधिकारीले भने, ‘आफ्नै भवनबाट सेवा प्रवाह गर्दा धेरै सहज हुने र नागरिकहरुलाई अझै छिटो र छरितो सेवा प्रवाह हुने विश्वास लिएका छौं ।’

नेपाल कर्म । १२ बैशाख २०८१, बुधबार १८:०५